काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घन्टा खुलाउन निर्देशन दिएका छन् ।
सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घन्टा खुलाउन गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् । जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने छ ।
‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष ९वैशाख १० भित्रै खुला हुन्छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौं ।’
ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सैँ घन्टा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।हाल दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस – एमालेलाइ रवि लामिछानेकाे कटाक्ष : फाइल खोलेको २४ घण्टामा सरकार ढल्यो
पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो
मैले भ्रष्टाचारको फाइल खोल्न थालेपछि सत्ता समीकरण फेरियो,जनताले बुझेका छन्ः गृहमन्त्री लामिछाने
योगाभ्यासले सेवा प्रवाहमा प्रभावकारिता ल्याउँछ : गृहमन्त्री लामिछाने
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा