काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले भ्रष्टाचारको फाइल खुलेपछि सत्ता समीकरण फेरिएको दाबी गरेका छन् । सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले ठूला फाइल पल्टाएपछि एक रात पनि समीकरण टिक्न नदिएको जिकिर गरे । उनले भने, ‘तपाईंहरु नै फाइल खोल्नुपर्यो भन्नुहुन्थ्यो ।
भ्रष्टाचारको फाइल यस्तो खुल्यो कि एक रात पनि टिक्न नसक्ने भयो, यसलाई के भन्नु र मैले ?’भुटानी शरणार्थी प्रकरणमा बेचन झा पक्राउ परेपछि सत्ता समीकरण फेरियो भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘यो बेचैनीको अर्थ के होला ? यसको के अर्थ होला ? एकाएक संविधान जोगाउन सक्ने चिन्ता कहाँबाट आयो ? यो त सबैले बुझेकै कुरा हो ।
अब यसको संवैधानिक प्रक्रियाहरु सुरु होला ।’दुई ठूला दल मिलेपछि देशमा अहिले के संकट आउँदैछ भन्दै उनले प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १९ असार २०८१, १५ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस – एमालेलाइ रवि लामिछानेकाे कटाक्ष : फाइल खोलेको २४ घण्टामा सरकार ढल्यो
पहिरोको जोखिम भएका परिवारलाई सुरक्षित स्थानमा सार्न गृहमन्त्रीको निर्देशन
गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा बहस सकियो
योगाभ्यासले सेवा प्रवाहमा प्रभावकारिता ल्याउँछ : गृहमन्त्री लामिछाने
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्नेमा
रवि लामिछाने र महान्यायाधिवक्ताविरुद्धको रिट न्यायाधीश शर्माद्वयको इजलासमा