काठमाडौँ । मधेशी आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक रहेको उपराष्ट्रपति रामसहाय यादवले बताएका छन् । बुधबार काठमाडौँ आयोजित मधेशी आयोगको पाँचौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले, विगतको गतिबिधिहरुको समीक्षा गर्दै आयोगले संवैधानिक व्यवस्थाअनुसार आफुलाई परिमार्जित गर्न आवश्यक रहेको बताएका हुन् ।
उनले भने,‘आयोगले आफ्नो कार्यादेश र संवैधानिक व्यवस्थाअनुसार मधेशी जनअपेक्षा अनुरुप सक्रियता बढाउन जरुरी छ । यो वार्षिकोत्सवलाई विगतमा गरेका कामहरुको,गतिबिधिहरुको समीक्षा गर्ने अवसरको रुपमा लिँदै आफुलाई परिस्कृत र परिमार्जित गर्न आवश्यक छ ।’
उनले मधेसमा रहेकाविद्यमान वेथितिहरुप्रति आयोगको ध्यानकर्षणले मात्रै नपुग्ने भन्दै सशक्त रुपमा आफ्नो उपस्थिति जनाउन आग्रह गरे ।
उनले भने, ‘मधेसमा विद्यमान वेथितिहरुप्रति आयोगको ध्यानकर्षणले मात्रै अब पुग्दैनन् । उसको क्षेत्रअधिकारले निर्धारण गरेको विषयहरुमा संवैधानिक व्यवस्था अनुरुप सशक्त रुपमा आफ्नो उपस्थिति जनाउँदै अगाडि बढ्न आवश्यक छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, १४ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा उपराष्ट्रपतिद्वारा शुभकामना
कूटनीतिक कौशलमा निपूर्ण सेना आजको आवश्यकता : उपराष्ट्रपति यादव
आँखा उपचारमा फड्को मार्नु देशकै लागि गौरवको विषय हो : उपराष्ट्रपति यादव
अमेरिकी उपराष्ट्रपति वान्सको सम्बोधनपछि किन छायो सन्नाटा ?
सार्क महासचिवलाई उपराष्ट्रपतिले भने : सार्क सम्मेलन छिट्टै होस्
विवाह पञ्चमी पर्वले राष्ट्रिय एकतालाई प्रश्रय मिल्छ : उपराष्ट्रपति यादव