काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक आज बस्दै छन् । प्रतिनिधि सभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक सवा ११ बजे बस्न लागेको हो ।
प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामा उठेका प्रश्नमा जवाफ दिने सम्भावित कार्यसूची छ । बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि चैत १ गतेदेखि छलफल सुरु भएको थियो ।
अर्थमन्त्री पुनले सांसदहरुले उठाएका प्रश्नमा जवाफ दिएपछि संसदले सांसदहरुको सुझाव समेटेर प्रतिवेदन बनाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, राष्ट्रिय योजना आयोग र अर्थ मन्त्रालयमा पठाइने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
बुधबारको सम्भावित कार्यसूचीमा ऊर्जा तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साहको प्रस्तावमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०८० लाई पारित गर्ने सम्भावित कार्यसूची समेत छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउनेसम्बन्धी दुई विधेयक प्रतिनिधि सभामा प्रस्तुत
सबै प्रकारका सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न माग
स्वास्थ्यमन्त्रीज्यू उपयुक्त सल्लाह लिन सकिँदैन भने मार्ग प्रशस्त गर्नुस्: तोसिमा कार्की
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल
पूर्वराजा ज्ञानेन्द्रलाई सांसद न्यौपानेको चुनौती : ०८४ को चुनाव लड्नुस
म गणतन्त्रको विरोध गरिरहन्छु : राजेन्द्र लिङ्देन