काठमाडौँ । सरकारले जलवायु परिवर्तनका विषयमा सगरमाथा संवाद गर्ने भएको छ । मंगलबार सत्ता गठबन्धनमा रहेका पाँच राजनीतिक दलको साझा संकल्पमा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न सगरमाथा संवाद आयोजना गर्ने घोषणा गरिएको हो ।
जलवायु संकटले अल्पविकसित तथा हिमाली देशहरूमा उत्पन्न गरेको जोखिमबारे संवेदनशीलता जगाउन, सरोकारवाला मुलुकहरूको सञ्जाल निर्माणको पहल गर्न र जलवायु वित्त परिचालनका लागि संवाद गर्न लागिएको सरकारले जनाएको छ ।
‘जलवायु परिवर्तन, हिमाल र मानव जातीको भविष्य’ विषयमा सगरमाथा संवाद आयोजना गर्ने घोषणामा उल्लेख छ । गठबन्धनको संकल्पमा चुरेको संरक्षणमा जोड दिँदै ‘वातावरण नबिग्रिने, विकास पनि नरोकिने’ विधि अपनाउने पनि घोषणा गरिएको छ । ‘जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिम न्यूनीकरण गर्ने, वातावरणको सुरक्षा गर्ने र हरित अर्थतन्त्रको विकास गर्ने’ संकल्पमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १९ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायु परिवर्तनका प्रभाव घटाउन सहकार्यका निम्ति नेपालको जोड
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेका समस्यालाई विश्वव्यापी एजेन्डा बनाउनुपर्छ : मन्त्री शर्मा
हिमाल र पानीको स्रोत जोगाउने साझा मुद्दामा सहकार्य गर्न कतारका अमिरसँग राष्ट्रपतिको आग्रह
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत