काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलनको उपचारका लागि वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा बिस्तार गर्न लागिएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री प्रचण्डले जलनको उपचारका लागि कीर्तिपुरको बर्न अस्पतालको अलावा वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा बिस्तार गर्न लागिएको जानकारी दिएका हुन् ।
उनले कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रूपमा बिस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडि बढेको बताए । उनले प्रदेशमा रहेका केन्द्रीय अस्पतालहरूमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारको जलनको त्यहीँ उपचार गर्ने व्यवस्था मिलाइने बताए ।
उनले भने, ‘कीर्तिपुरको बर्न अस्पताललाई जलनको प्रमुख अस्पतालको रूपमा बिस्तार गर्न सरकारबाट अनुदान दिने प्रक्रिया अगाडि बढेको छ । बर्न अस्पताल बिस्तार गर्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन सम्बन्धमा कीर्तिपुरको बर्न अस्पतालको अतिरिक्त वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पतालमा जलन युनिट स्थापना गरी सेवा बिस्तार गरिँदैछ ।
प्रदेशमा रहेका केन्द्रीय अस्पतालहरूमा समेत जलन युनिट स्थापना गरी मध्यम प्रकारको जलनको त्यहीँ उपचार गर्ने र कडा किसिमको लागि रेफरल गर्ने व्यवस्था मिलाइनेछ ।’
प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यकर्मीहरूलाई जलनको प्राथमिक उपचारको तालिमको व्यवस्था सुरु गरी प्राथमिक उपचार र सम्बन्धित ठाउँमा समयमै प्रेषण गर्ने व्यवस्था मिलाउने र समन्वय गर्ने काम पनि भइरहेको जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भुटानी शरणार्थी प्रकरण लगायतका माफिया शक्तिले दुई दल मिलाए : प्रधानमन्त्री प्रचण्ड
विपद्को बेलामा खोज उद्धारमा लाग्नुपर्ने बेला सरकार परिवर्तनको खेला विडम्बनापूर्ण : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री प्रचण्डलाई ६३ जना सांसदको मात्र समर्थन !
अल्पमतमा परेका प्रधानमन्त्रीलाई थप ८ मन्त्रालयको जिम्मा
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता
विदेशमा अप्ठेरोमा परेका नेपालीहरूको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको छ : प्रधानमन्त्री प्रचण्ड