काठमाडौँ । फिल्म ‘महाजात्रा’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई हेर्दै ‘यू’ अर्थात् युनिभर्सल प्रमाणपत्र दिँदै सबैका लागि खुला गरेको हो ।
आगामी शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आउन लागेको फिल्मका लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन् । फिल्मले मनोरञ्जनसँगै सन्देश दिने भएकाले यो सम्पूर्ण वर्गका दर्शकलाई लक्षित गरेर तयार गरिएको प्रदीपले बताए ।
फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।
म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेको फिल्मका जित बहादुर रुवाली एसोसियट निर्देशक, पुरुषोत्तम प्रधान छायाकार, कुमार महर्जन द्वन्द्व निर्देशन, कविराज गहतराज नृत्य निर्देशक, आशिष अविरल र काली प्रसाद बाँस्कोटा सङ्गीतकार रहेका छन् ।
रवीन्द्रसिंह बानियाँ कार्यकारी निर्माता रहेको फिल्ममा अभिनेता हरिवंश आचार्यले भ्रष्ट नेताको भूमिका निर्वाह गरेका छन् । नकारात्मक भूमिकाले पर्दामार्फत सकारात्मक संदेश दिने निर्माण युनिटले बताएको छ ।फिल्म नेपालसँगै विश्वभरका विभिन्न स्थानमा पनि शुक्रबारदेखि नै प्रदशर्नमा आउने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, १० : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महाजात्राले पहिलो सातामा कमायो ६ करोड २४ लाख
‘महाजात्रा’ले गर्यो बम्पर ओपनिङ, पहिलो दिनमै कमायो १ करोड २३ लाख
प्रिमियर शोमा रुचाइयो ‘महाजात्रा’
प्रवासमा ४० देशको २५० सहरमा रिलिज हुँदै छ ‘महाजात्रा’
‘महाजात्रा’ स्वदेश र विदेशमा एकसाथ प्रदर्शन हुने