काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेले नेपालको जल सुरक्षा र जलवायु जोखिम न्यूनीकरणका लागि स्रोतको अभाव रहेको बताएका छन् ।
सोमबार ललितपुरमा आयोजित आकाशे पानी सम्बन्धी क्षेत्रीय सम्मेलनमा बोल्दै उनले पानीको कमी र जलवायु परिवर्तनका असरहरू प्रमुख चुनौतीका रूपमा देखिएकाले यसको व्यवस्थापनमा सबैको सहयोग आवश्यक रहेको औँल्याए ।
मन्त्री बस्नेतले वर्षाको पानी भण्डारण गरेर पानीको अभावलाई कम गर्न, कृषि उत्पादकत्वमा सुधार गर्न र जलवायु परिवर्तनका प्रभावहरू विरुद्ध लड्न सहज हुने बताए ।‘मन्त्रालयमार्फत मैले नवीन प्रविधि, सहयोगी साझेदारी र प्रभावकारी नीतिहरूको सकारात्मक भूमिकालाई मान्यता दिएको छु । हाम्रो प्राथमिकता भनेको वर्षाको पानी संकलन गर्ने, पानीको अभावलाई कम गर्न, कृषि उत्पादकत्वमा सुधार गर्न र जलवायु परिवर्तनका प्रभावहरू विरुद्ध लड्ने हो,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १२ : ५४
लेखकबाट थप