काठमाडौं । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सनाले विदेशबाट पाउडर ल्याएर कमिसन खान सरकारले दूध किसानको भुक्तानी नगरेको आरोप लगाएका छन् ।सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । ‘विदेशबाट पाउडर ल्याएर कमिसन खानलाई सरकार मग्न छ’ उनले भने ।
कांग्रेस सांसद तिमिल्सनाले प्रतिपक्षमा रहँदा ज्वालाकुमारी साहले दूध किसानले भुक्तानी नपाएको भनी कुरा उठाएको तर कृषि तथा पशुपंक्षी विकासमन्त्री भएपछि त्यस सम्बन्धमा पहल नलिएको पनि बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १२ : ३१
लेखकबाट थप