काठमाडौं। इस्लामाबाद–पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलवार आवासीय भवन भत्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् ।
उक्त तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउँनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले सिन्ह्वालाई बताएका छन् ।घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले जानकारी दिएका छन् ।
मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उल्लाहले बताएका छन् । भवन भत्किनुको कारणबारे अनुसन्धान शुरू गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ फागुन २०८०, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाकिस्तानले भन्यो-‘पहलगाम घटना भारतको घरेलु आतंकवाद हो, हामी निन्दा गर्छौँ’
रेल बन्धक मुक्त गर्न पाकिस्तानको ‘पूर्ण-स्तर’ को अपरेसन सुरु
पाकिस्तान : यात्रुवाहक बसका ७ जनाको गोली हानी हत्या
पाकिस्तानको बलुचिस्तानमा १८ सैनिक र २३ विद्रोही मारिए
पाकिस्तानमा १४औं साग आयोजनाका लागि बैठक आह्वान
इमरान खानको रिहाइको माग गर्दै पाकिस्तानमा प्रदर्शन, १४ प्रहरी घाइते