बारामा ध्वनि प्रदूषण गरेको आरोपमा युवक पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, १० : ४१
बारामा ध्वनि प्रदूषण गरेको आरोपमा युवक पक्राउ

बारा । बारामा चर्को आवाजमा डीजे बाजा बजाउँदै ध्वनि प्रदूषण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–९ रामपुर बस्ने ३० वर्षीय मनौवर मियाँ रहेका छन् ।

सोमबार दिउँसो उपमहानगरपालिकाको बजार एरियामा चर्को आवाजमा डीजे बजाउँदै गरेको अवस्थामा नेपाल सुनिल बैण्डका मियाँलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनलाई डीजे गाडीसहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको न्यौपानेको भनाई छ ।

प्रतिक्रिया दिनुहोस