यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

सफल खबर संवाददाता

मंगलबार, २९ फागुन २०८०, ०७ : ४५
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १२ पैसा र बिक्री दर १३२ रुपैयाँ ७२ पैसा रहेको बैंकले जनाएको छ ।

यसैगरी युरो एकको खरिद दर १४४ रुपैयाँ ५४ पैसा र बिक्री दर १४५ रुपैयाँ २० पैसा रहेको छ भने पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ७१ पैसा र बिक्री दर १७० रुपैयाँ ४९ पैसा रहेको छ । 

यसैगरी कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २३ पैसा र बिक्री दर ३६ रुपैयाँ ४० पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस