काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । देउवाले आफ्नो निवास बुढानीलकण्ठमा आज अपराह्न ४ बजे दलको कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार बैठकमा राष्ट्रियसभा अध्यक्षको उम्मेदवारीका सन्दर्भमा छलफल हुने छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिमा पदेन सदस्य मात्र छन् । प्रतिनिधिसभा र राष्ट्रियसभा संसदीय दलका पदाधिकारी, महामन्त्री पदेन सदस्य छन् । उपसभापति र केही शीर्ष नेतालाई आमन्त्रित सदस्यका रूपमा बैठकमा बोलाउने अभ्यास छ ।
शनिवार बिहान पनि देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्षमा उम्मेदवार दिनेबारे छलफल रहेको थियो । आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्षमा कांग्रेसबाट आनन्द ढुङ्गाना र कमला पन्तको नाम चर्चामा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ फागुन २०८०, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि दलको बहुमत आउन गाह्रो छ : देउवा
उत्तरप्रदेशका मुख्यमन्त्री दूतावास गएका होइनन् : देउवा
शिक्षकका माग सम्बोधनमा काँग्रेस गम्भीर छ: देउवा
ओली, देउवा र प्रचण्ड एकैठाउँमा
देउवा, ओली र प्रचण्डबिच छलफलको तयारी
देउवाले बोलाए पदाधिकारी बैठक