भरुवा बन्दुकसहित एक जना पक्राउ

रासस

शनिबार, २६ फागुन २०८०, २१ : १९
भरुवा बन्दुकसहित एक जना पक्राउ

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकीबाट भरुवा बन्दुकसहित आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका-११ भुसुनापुर बस्ने ५६ वर्षीय कुलबहादुर शाही रहेका छन् । 

प्रहरीले निजलाई अवैध एक थान भरुवा बन्दुकसहित घरबाटै पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले घरतलासी गर्दा लुकाइछिपाइ राखेको बन्दुकसहित निजलाई पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।