ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका-भतिजको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २६ फागुन २०८०, १० : १३
ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा काका-भतिजको मृत्यु

सुनसरी । सुनसरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा नावालक भतिजसहित काकाको मृत्यु भएको छ।  

शुक्रबार साँझ इटहरीस्थित खनार चोकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल मोरङको बेलबारीका २३ वर्षीय विपन दाहाल र उनका ८ वर्षीय भतिज अभि दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। 

विपन र अभि काका भतिज हुन्। विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको ट्रकले ठक्कर दिएको हो। दुबै सवारी साधनको नम्बर भने प्रहरीले खुलाएको छैन।

दुर्घटनामा दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको विराटनगरस्थित कोशी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको 

दुर्घटनापछि ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई पक्राउ गरेर घटनाको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।