काठमाडौँ । नेपाल टेलिकमले महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ । हास्यव्यंग्य तथा कलाकारिता क्षेत्रका महजोडी श्रेष्ठ र आचार्यलाई आगामी एक वर्षको लागि ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको हो ।
नेपाल टेलिकम केन्द्रीय कार्यालयमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ब्राण्ड एम्बेसडर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक पहाडी अर्यालले नेपाली कला क्षेत्रका दुई नक्षत्रसँगको कम्पनीको आबद्धता महत्त्वपूर्ण रहेको र ब्रान्ड एम्बेसडर मार्फत कम्पनीका विभिन्न सेवाहरूका बारेमा जनतालाई समयमै सुसूचित गर्ने कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन ।
त्यस्तै, कार्यक्रममा ब्रान्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले स्वदेशी लगानी भएको नेपाल टेलिकमसँग आबद्ध हुन पाउँदा गौरवान्वित महसुस भएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको सहायक लेखा अधिकृत पदका उम्मेदवार सिफारिस
नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने
पलाँतामा टेलिकमको टावर सञ्चालन
जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा
सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध