काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले ओझेलमा बसेको मन्त्रालयले अब देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने गरी कार्य गर्ने बताएका छन् । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालको विस्तारित मन्त्रीमण्डलमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मन्त्री बनेका श्रेष्ठले पदभार ग्रहण गर्दै युवा वर्गका समस्यालाई प्राथमिकतामा राखेर खेलकुद मन्त्रालयलाई अगाडि बढाउने बताए ।
मन्त्री श्रेष्ठले मन्त्रालयले सबैले थाहा पाउने गरी काम गर्ने उल्लेख गरे । ‘यो मन्त्रालय कुनामा मौन बसेको मन्त्रालय हो । अब यो मन्त्रालयले आवाज बुलन्द गर्छ । देशलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउँछ,’ मन्त्री श्रेष्ठले भने ।युवा वर्गमा देखिएको चरम निराशालाई चिरेर युवाको मानसिक स्वास्थ्यसँग जोडिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका उनले सबैसँग मिलेर सहकार्य गर्ने बताए ।
रास्वपाको संसदीय दलका उपनेता समेत रहेका श्रेष्ठले पहिलो पटक संघीय मन्त्रीको जिम्मेवारी सम्हालेका छन् । काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित भएका ४२ वर्षीय श्रेष्ठ यसअघि बागमती प्रदेशको प्रदेश सांसदको भूमिकामा थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, ११ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागु औषध दुर्व्यसनीको समस्यालाई राजनीतिक दलको मुद्दा बनाऔं : मन्त्री श्रेष्ठ
सरकारले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेको छ, बागमती प्रदेशबासी नआत्तिनुस् : मन्त्री श्रेष्ठ
रंगशाला सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार : मन्त्री श्रेष्ठ
अव्यवस्थित राजनीतिका कारण खेलाडीहरूको पुरस्कार राशी दिन सकिएन : मन्त्री श्रेष्ठ
खेलकुद क्षेत्रमा फोहोरी राजनीति नगर्न मन्त्री श्रेष्ठको निर्देशन