काठमाडौं । जनता समाजवादी पार्टी नेपाल तत्काल सरकारमा सहभागी नहुने भएको छ। बालुवाटारमा बसेको गठबन्धन बैठकमा कुरा नमिलेपछि जसपाले तत्काल सरकारमा नजाने निर्णय गरेको हो।
आफूहरू छलफलमै रहेको र निष्कर्षमा पुगिसकेको जसपा अध्यक्ष उपन्द्र यादवले बताए। मधेश प्रदेशको सरकार सुनिश्चित नभएका कारण तत्काल सरकारमा नजाने जसपाले जनाएको छ।
नेकपा (एस) सरकारमा जाने नजाने निश्चित नभएसँगै मधेश प्रदेशमा गठबन्धन सरकार अन्योलनमा देखिएको छ। बालुवाटारबाट फर्केपछि जसपाका अध्यक्ष उपेन्द्र यादवले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, १७ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कुनै पनि बहानामा हिंसात्मक गतिविधि स्वीकार गर्न सकिँदैन: जसपा
भैरहवामा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व