चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकास्थित एकता शिशु निकेतनको छात्रावासमा शालीन पोखरेल मृत फेला परेको घटनापछि सुरक्षा घेरामा पढाइ भइरहेको छ ।
रत्ननगर नगरपालिका १० स्थित विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा पोखरेल फेला परेपछि बन्द भएको विद्यालयमा अहिले सुरक्षाकर्मीले घेरा दिएर पठनपाठन सञ्चालन गरिएको हो ।
गत शुक्रबार कक्षा ८ देखिमाथि पढाइ भएकामा आइतबार कक्षा ६ र ७ को पनि पढाइ सञ्चालन गरिएको विद्यालयका प्लस टु संयोजक रमेश शर्माले जानकारी दिए ।
विद्यालयमा थप अप्रिय घटना हुनबाट जोगाउनका लागि सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीले बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, २३ फागुन २०८०, ०८ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चिसोका कारण इटहरीमा विद्यालय बन्द
गौरका सामुदायिक विद्यालयहरू थप ३ दिन बन्द
देशभरका आधाभन्दा बढी सामुदायिक विद्यालयको अवस्था हरिबिजोग
जाडो बढेसँगै सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
वीरगन्ज महानगर क्षेत्रका विद्यालय तीन दिन बन्द