काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेता ठाकुरबीच भेटवार्ता भएको हो ।
भेटमा लोसपा नेता शरतसिंह भण्डारी पनि थिए । यसअघि श्रम मन्त्रीसमेत रहेका भण्डारी दुबईमा रहेकै बेला पदमुक्त भएका थिए ।
भेटमा प्रधानमन्त्री प्रचण्डले नयाँ गठबन्धनमा सामेल हुन आग्रह गरेको नेता भण्डारीले बताए । तर, आफूहरूले पार्टीमा छलफल गरेरमात्रै निर्णय गर्ने जवाफ दिएको उनले बताए ।
यसअघि कांग्रेससहितको गठबन्धनमा लोसपा पनि सामेल थियो । आइतबार मध्यरातमा कांग्रेससहितको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाउने सहमति जुटेको थियो । गठबन्धनमा एमाले-माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी र जसपासमेत जोडिएका छन् ।
यसमा क्रमशः नेकपा (एकीकृत समाजवादी), लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सामेल गराउने प्रचण्डको योजना छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, ०९ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : उपप्रधानमन्त्री सिंह
एकीकृत समाजवादीले स्थानीय तहको उपनिर्वाचनमा गठबन्धन गर्ने
आवश्यक परे अध्यादेश ल्याउन सकिन्छ, तर अहिले तयारी छैन : प्रधानमन्त्री ओली
काँग्रेस सदनलाई बन्धक बनाएर गठबन्धन भत्काउने चलखेलमा छ : एमाले
वर्तमान गठबन्धन भत्काउन देशी-विदेशी शक्ति लागि परे : केपी ओली
गठबन्धन कार्यदलको बैठक बालुवाटारमा