काठमाडौं । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
दिउँसो १ बजे बस्ने तय भएको बैठकमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र परिदृष्य, आन्दोलनको तयारी, बृहत् मोर्चा निर्माण ,संगठन सुदृढीकरण योजना, प्रशिक्षण कार्यक्रम र सकृय सदस्यता बितरण अभियानका बारेमा छलफल हुने पार्टीका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
बैठकमा पार्टी अध्यक्ष कमल थापाले विकसित पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा धारणा राख्नेछन् भने जिल्ला भ्रमण र प्रशिक्षण कार्यक्रमको कार्यतालिका पनि तय गरिने पार्टीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ फागुन २०८०, ०७ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय सस्तो लोकरिझ्याई : कमल थापा
राप्रपासँग एकता गर्ने सोच छैन : कमल थापा
'भ्रष्ट व्यवस्था' अन्त्यको माग गर्दै राप्रपा नेपालको प्रदर्शन, स्थिति तनावग्रस्त (तस्वीरहरू)
राप्रपा नेपालको विरोध प्रदर्शन आज
पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश
राप्रपा नेपालले चैत १ गते काठमाडौँमा वृहत् प्रदर्शन गर्ने