काठमाडौ । राष्ट्रिय सभामा निर्वाचित भएर आएका १९ जना सांसदको शपथ ग्रहण आज हुँदैछ।
गएको माघ ११ गते सम्पन्न चुनावबाट निर्वाचित भएर आएका १९ सांसदले आज शपथ लिन लागेका हुन्।
राष्ट्रिसभामा गएरातिबाट २० सांसदको पदावधि सकिएको छ। पदावधि सकिएका २० मध्ये १९ जनको शपथ आज हुन लागेको हो।
एक सदस्य भने मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ।
१९ सिटका लागि माघ ११ गते भएको निर्वाचनमा सत्तारुढ गठबन्धनले १८ सिट र प्रमुख प्रतिपक्षी नेकपा एमालेले १ सिट जितेको थियो।
यी हुन् आज शपथ लिन लागेका राष्ट्रियसभाका १९ सदस्य
कांगेस : कृष्ण प्रसाद सिटौला, आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, विष्णुकुमारी सापकोटा, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, जितजंग बस्नेत, नारायणदत्त भट्ट, बलदेव बोहरा र कृष्णबहादुर रोकाया
माओवादी केन्द्र : श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कुप्रसाद सुवेदी, रेनु चन्द र विष्णु बहादुर विक
नेकपा (एकीकृत समाजवादी) : घनश्याम रिजाल र सावित्री मल्ल
एमाले : रुक्मिणी कोइराला
जसपा : पूजा चौधरी
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई राष्ट्रियसभाको ध्यानाकर्षण- प्रकृति लम्सालको मृत्यु प्रकरणमा छानबिनका लागि कूटनीतिक पहल थाल्नू
राष्ट्रियसभा बैठक बस्दै, के-के छन् कार्यसूचीमा ?
सरकारले राष्ट्रियसभामा ६ फागुनमा अध्यादेश निर्णयार्थ पेस गर्ने
सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस
शिक्षा ऐन बनेपछि शैक्षिक समस्या समाधान हुँदै जानेछन् : नारायणप्रसाद दाहाल
राष्ट्रियसभा अध्यक्ष दाहाल जेनेभा प्रस्थान