स्वच्छ मासु र अन्डा उत्पादन गर्न आग्रह

आइतबार, १९ कार्तिक २०७४, १९ : ०५
स्वच्छ मासु र अन्डा उत्पादन गर्न आग्रह


चितवन l रास्ट्रीय योजना आयोगका सदस्य डा. प्रभु बुढाथोकीले पोल्ट्री व्यवसायीलाई स्वच्छ मासु र अन्डा उत्पादन गर्न आग्रह गरेका छन l
नेपाल पोल्ट्री महासंघ लगायतका संस्थाले भरतपुरमा आयोजना गरेको नेपाल पोल्ट्री तथा लाइभस्टक एक्स्पो समापन समारोहलाई आइतबार भरतपुरमा सम्बोधन गर्दै बुढाथोकीले यस्तो आग्रह गरेका हुन l
महासंघका अध्यक्ष गुणचन्द्र बिस्टको अध्यक्षतामा सम्पन्न समापन समारोहमा उत्कृस्ट प्रदर्शकलाई पुरस्कृत गरिएको थियो l महासंघका उपाध्यक्ष टीकाराम पोखरेलले धन्यवाद ज्ञापन गरेको समारोहमा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख मुना श्रेस्ठले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन l
तीन दिनसम्म चलेको एक्स्पो सात हजार जनाले अवलोकन गरेका थिए l

 

प्रतिक्रिया दिनुहोस