काठमाडौँ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले भरतपुरको विकासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलेको भूमिकालाई जति प्रशंसा गरे पनि कम हुने बताएकी छन् ।
भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन समारोहमा बोल्दै यस्तो बताएकी हुन् । उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापश्चात् दुइटै निर्वाचनबाट नेतृत्वको जिम्मेवारी प्रदान गरेपश्चात् भरतपुर महानगरको समृद्धि र विकासको नयाँ उभार सिर्जना भएको दाबी गरिन् ।
उनले भनिन्, ‘महानगरको नेतृत्वलाई आर्थिक, नैतिक, वैचारिक एवम् हरेक क्षेत्रसहित नेपाल सरकार र बागमती सरकारलाई धन्यवाद दिन चाहन्छु । भरतपुरलाई उत्कृष्ट महानगरको रूपमा चिनाउँदै राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकहरूलाई घुमाउन सक्ने योजना र पूर्वाधार निर्माणमा उल्लेखनीय भूमिका खेल्नेहरूप्रति आभार व्यक्त गर्दछौँ । महानगरलाई आजको यो स्वर्णिम अवसरसम्म आइपुग्न सहयोग र चितवनको दिगो र आत्मनिर्भर विकासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डज्यूले लामो समयदेखि अभिभावकीय भूमिकाको जति प्रशंसा गरे पनि कम हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, १९ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्न सक्षम छन् : अध्यक्ष प्रचण्ड
परिवर्तनको संवाहक माओवादी नै हो भन्ने प्रस्ट भएको छ : प्रचण्ड
‘प्रचण्ड’ले गरे गुल्मीमा हेलिप्याड र पिस पार्कको उद्घाटन
सत्ताको लागि उपेन्द्र यादवले मुद्दा छाड्नुहुन्छ जस्तो लाग्दैन : प्रचण्ड
म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ : अध्यक्ष प्रचण्ड
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड