काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदीप यादवले टिकटक बन्द नगर्ने इन्टरनेट सेवा प्रदायकलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले सरकारले बन्द गर्ने निर्णय गरेता पनि केही इन्टरनेट सेवा प्रदायकले बन्द नगरेको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन् ।
‘केही समय अगाडि नेपाल सरकारले टिकटकमा प्रतिबन्ध लगायो । जुन स्वागत योग्य नै थियो,’ उनले भनेका छन्, ‘तर, अहिले पनि यो कतै चलिरहेको छ । केही सेवा इन्टरनेट प्रदायकले टेरेको छैन् । यसमा सरकारले सक्दो कारबाही गर्नुपर्यो ।’
सामाजिक सञ्जाल टिकटकलाई दुरुपयोग गरेर विभिन्न समुदाय धार्मिक, सांस्कृतिक र भेषभूषाका व्यक्तिहरुबीचको सामाजिक सद्भाव र पारिवारिक एकतामा खलल पुर्याएकाले सरकारले बन्द गरेको भन्दै उनले बन्द गर्ने निर्णयको बचाउ गरे ।
पूर्णत बन्द गर्न आग्रह गर्दै उनले अटेर गर्नेलाई कारबाही गर्न माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, १२ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाह्रै महिना शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
मेलम्चीको पानी आपूर्ति: ‘पाइप लाइन’को काम शीघ्र पूरा गर्न निर्देशन
काठमाडौँ उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौँ : मन्त्री यादव
खानेपानीमन्त्री यादवले सय दिनमा के-के गरे ? यस्ता छन् कार्यप्रगतिको विवरण
दसैँको समयमा फोन अफ नगर्नु होला : मन्त्री यादव
मन्त्री यादवद्वारा क्षतिग्रस्त खानेपानी प्रणाली पुनः स्थापना गर्न निर्देशन