टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : आज नेपाल र नामिबिया भिड्दै

जित्नै पर्ने दबाबमा नेपाल

सफल खबर संवाददाता

शुक्रबार, १८ फागुन २०८०, ०७ : ४५
टी-२० अन्तर्राष्ट्रिय शृङ्खला : आज नेपाल र नामिबिया भिड्दै

काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नामिबियासँग खेल्दै छ । नेपाल, नामिबिया र नेदरल्याण्ड्स सम्मिलत जारी सिरिजमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ । 

नामिबिया र नेदरल्याण्ड्ससँगको आफ्नो पहिलो खेलमा पराजित भएको नेपाल फाइनल खेल्ने सम्भावना कायमै राख्न आज नामिबियालाई पराजित गर्नुपर्ने हुन्छ । नेपाल र नामिबियाबिचको खेल बिहान साढे ११ बजेपछि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।

नेपाल पहिलो खेलमा नामिबियासँग २० रनले पाजित भएको थियो भने नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो । आज यदि नेपाल पराजित भएमा फाइनल खेल्ने सम्भावना सकिने छ । तर, आज जित निकालेमा शनिबार नेदरल्याण्ड्सविरुद्ध पनि जितकै प्रतीक्षा हुने छ । 

जारी सिरिजको समूह चरणको अन्तिम खेलमा भने आइतबार नेदरल्याण्ड्स र नामिबिया दोस्रो पटक भिड्ने छन् । फाइनल खेल मंगलबार हुने छ ।  

प्रतिक्रिया दिनुहोस