अब विदेशस्थित नियोगबाटै नेपाली नागरिकको जन्म र मृत्यु दर्ता गरिने

सफल खबर संवाददाता

विहीबार, १७ फागुन २०८०, १३ : ०५
अब विदेशस्थित नियोगबाटै नेपाली नागरिकको जन्म र मृत्यु दर्ता गरिने

काठमाडौं। सरकारले विदेशस्थित नेपाली नियोगबाटै नेपाली नागरिकको जन्म र मृत्यु दर्ता शुरू गर्ने भएको छ । यो सुविधा फागुन २१ गतेबाट शुरू हुँदैछ । 

हाललाई यो सुविधा धेरै नेपाली रहेका १५ वटा मुलुकमा दिइने गृह मन्त्रालयले जनाएको छ । यो सुविधा हाल चीन, जापान, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, क्यानडालगायत १५ मुलुकबाट शुरू गरिँदै छ ।

 

मृत्यु दर्ताका लागि मृतकको नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानी र स्वास्थ्य संस्थाद्वारा जारी गरिएको मृत्युको प्रमाण पेस गर्नुपर्नेछ ।

 

 

 

facebook sharing button

twitter sharing button

email sharing button

messenger sharing button

sharethis sharing button

प्रतिक्रिया दिनुहोस