काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरू मिल्नुपर्ने बताएका छन् ।
आज काठमाडौँमा आयोजित सूचना हस्तान्तरण र लोकतन्त्र विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरूले लडेर ल्याएको उपलब्धिमाथि विभिन्न रूपबाट प्रहार भइरहेको बताए ।
उनले सबै राजनीतिक दलहरू मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताए । महामन्त्री थापाले राजनीतिक दलहरू एक अर्काको आरोप प्रत्यारोपमा उत्रिँदा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको बताए । उनले सबै राजनीतिक दल र नेताहरूले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्नेबारेमा छलफल गर्न जरुरी रहेको बताए ।
महामन्त्री थापाले प्रेस स्वतन्त्रताको कुरा गर्दै गर्दा समाजलाई पर्ने प्रभावका बारेमा सोचेर लेख्नुपर्ने बताए । सञ्चारमाध्यमले प्राप्त गरेको अधिकारको दुरुपयोग भएको कुरालाई रोक्नुपर्ने कुरामा विशेष जोड दिन आवश्यक रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ फागुन २०८०, १२ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरू समेटिनुपर्छ : महामन्त्री थापा
संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ: महामन्त्री थापा
सहकारी ठगी होस् कि मानव तस्करी, कानूनविपरीत काम गर्नेहरू अनुसन्धानको दायरामा आउनुपर्छ : गगन थापा
तराई–मधेसमा छठ पर्व मनाउने शैली अझै विशेष लाग्यो : महामन्त्री थापा
हाम्रो ९० प्रतिशत समय पार्टीभित्रको लडाइँमा गएको छ : गगन थापा
सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने तयारी छ : महामन्त्री थापा