काठमाडौ । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सामाजिक सुरक्षा योजना अन्तर्गत पाँच वर्षको अवधिमा करिब ५० अर्ब रुपियाँ जम्मा भएको छ ।
कोषका अनुसार बुधबारसम्म कोषमा योगदानकर्ता र रोजगारदाताबाट ४९ अर्ब ८६ करोड रुपियाँ योगदानबापतको रकम जम्मा भएको हो ।
कोषको कार्यक्रम २०७५ मङ्सिर ११ गते सुरुवात भएर २०७६ साउन १ बाट औपचारिक रूपमा सञ्चालनमा आएको कोषमा १८ हजार ७०८ रोजगारदाता र ११ लाख ४८ हजार ७१२ जना योगदानकर्ता आबद्ध भएका छन् ।
सामाजिक सुरक्षा कोषका औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनामा गरी चार योजनामा एक लाख ६२ हजार ५९९ जनालाई सात अर्ब ६३ करोड रुपियाँ दाबी भुक्तानी भएको कोषले जनाएको छ । जसमा कोषमा जम्मा भएको रकममध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व योजनामा ५३ हजार ९७५ जनालाई ९० करोड ६५ लाख ६२ हजार २०१ रुपियाँ भुक्तानी गरिएको छ ।
यस्तै दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा दुई हजार ७६९ जनालाई १० करोड ५५ लाख ३८ हजार ४६९ रुपियाँ भुक्तानी गरिएको छ । त्यसै गरी आश्रित परिवार सुरक्षा योजनामा ४५५ जनालाई १२ करोड ६२ लाख ५२ हजार ८०५ रुपियाँ भुक्तानी गरिसकिएको छ ।
त्यसरी नै वृद्धावस्था सुरक्षा योजनामा ६९ हजार चार सय जनालाई छ अर्ब ४५ करोड ५६ लाख ४५ हजार ०२४ रुपियाँ दाबी भुक्तानी गरेको कोषले जनाएको छ । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, ११ फागुन २०८०, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओमानमा पहिलो पटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम
सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताका सन्तानले पनि उपचार सुविधा पाउने