काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गोकर्णेश्वर नगर अस्पतालको शिलान्यास गरेका छन् । गोकर्णेश्वर नगरपालिकाले निर्माण गर्न थालेको नगर अस्पताल १५ शय्याको हुने छ ।
अस्पताल शिलान्यास गर्दै उनले शिलान्यास भएको अस्पताल समममै सम्पन्न हुनुपर्ने बताए । उनले संविधानले हरेक जनताको स्वास्थ्योपचारको ग्यारेन्टी गरेकाले पैसा नभएका कारण कुनै पनि नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आउन नदिने प्रतिबद्धता जनाए ।
चिकित्सा शिक्षा ऐन चाँडै परिमार्जन हुने र धेरैले स्वदेशमै चिकित्सा शिक्षा पढ्न पाउने उनको भनाइ थियो । मन्त्री बस्नेतले राम्रा काम गर्ने स्थानीय सरकारलाई सरकारले पूर्ण सहयोग गर्ने आश्वासन दिए । कार्यक्रममा सांसद सन्तोष चालिसेले अस्पताल शिलान्यास भएकामा खुसी व्यक्त गर्दै समयमै निर्माण सम्पन्न हुनुपर्नेमा जोड दिए । बागमती प्रदेशसभा सदस्यद्वय सांसद बिमल ठकुरी र छिरिङदोर्जे लामाले निजी क्षेत्रमा स्वास्थ्य सेवा महँगो भएकाले सरकारी सेवा प्रभावकारी बनाउनुपर्नेमा केन्द्र सरकारको ध्यानाकर्षण गराए ।
नगरप्रमुख दीपक रिसालले नगरपालिकाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । उनले चाँडै अस्पताल निर्माण सम्पन्न गरेर नगरवासीलाई गुणस्तरीय सेवा दिने बताए । अस्पताल २२ करोड ५० लाखको लागतमा निर्माण गरिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० फागुन २०८०, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्रालयको विकृति सफा गर्न अझै २ वर्ष लाग्छ : स्वास्थ्यमन्त्री बस्नेत
अबको पाँच वर्षमा नेपालमा डाक्टर र नर्स पाइदैन : स्वास्थ्यमन्त्री बस्नेत