काठमाडौं। आईसीसी विश्वकप लिग २ को तेस्रो खेलमा नामिबियाविरुद्ध लगातार विकेट गुमाउँदा नेपाल दबाबमा देखिएको छ । ६.२ ओभरमा ३८ रन बनाएर बलियो शुरूआत गरे पनि नेपाल नामिबियाविरुद्ध त्यसपछि भने दबाबमा आएको हो ।
टिमको रन ३८ हुँदा ओनपर कुशल भुर्तेत १८ रन बनाउँदा बोल्ड भए । त्यसपछिको एक बललगत्तै अनिल साह पनि दुई बलमा खाता नै नखोली क्याचआउट हुन पुगे ।
लगत्तै ८औं ओभरमा देव खनाल पनि ५ बलमा शून्य रनमा आउट भएपछि नेपाल बलियो अवस्थाबाट कमजोर अवस्थामा देखिएको हो ।त्यसपछि ओपनर आशिफ शेख र कुशल मल्लले फेरि आक्रामक रन बनाउन शुरू गरेका छन् । शेखले ३५ र मल्लले १४ रन बनाएर खेलिरहेका छन् ।
कीर्तिपुरमा जारी खेलमा नेपाल टस हारेर ब्याटिङमा उत्रिएको हो । पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।त्यसपछि नेदरल्याण्डसलाई सहजै पराजित गर्न नेपाल सफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ फागुन २०८०, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सय रन नपुग्दै नेपालले गुमायो ६ विकेट