चितवनमा ५ सय ४२ केजी गाँजा बरामद, दुई जना प्रकाउ

सफल खबर संवाददाता

सोमबार, ०७ फागुन २०८०, १२ : ५९
चितवनमा ५ सय ४२ केजी गाँजा बरामद, दुई जना प्रकाउ

चितवन। चितवनबाट प्रहरीले ५ सय ४२ किलो गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ८ बजे राप्ती-३ स्थित पूर्व-पश्चिम राजमार्गको झुरझुरेमा सडक छेउमा ना ३ ख ६१२२ नम्बरको ट्रक र ना ३ ख ७२४० नम्बरको डिब्बा ट्रकमा लुकाइएको ५ सय ४२ किलो गाँजा बरामद गरिएको हो ।

इलाका प्रहरी निरीक्षक श्याममणि पोखरेलको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा रोकिराखेको देखेपछि दुबै ट्रकको चेकजाँच गर्दा ३० वटा पोका ठूलो परिमाणमा गाँजा भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बरामद भएको गाँजा धादिङ, मकवानपुर र चितवनका पहाडी क्षेत्रमा उत्पादन गरिएको हुनसक्ने बताए।

प्रहरीले डिब्बा ट्रकका चालक धनकुटा छथर जोरपाटे-३ का ३२ वर्षका रमेशनाथ दाहाल र अर्को ट्रकमा सवार कपिलवस्तु बुद्धभूमि-४ का २५ वर्षीय खुशीराम थारूलाई पक्राउ गरेको छ। ट्रकका चालक फरार छन्।

प्रतिक्रिया दिनुहोस