काठमाडौं । सुप्रिम सहकारीका अध्यक्ष र भैरहवा शाखाका व्यवस्थापकलाई प्रहरीले पक्राउ गरेको छ । सो सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाइलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।
दुवै जनालाई अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । यो सहकारीका अध्यक्ष गितेन्द्रबहादुर (जीबी) राई हुन् । उनी नै यो सहकारीको संस्थापक अध्यक्ष थिए । उक्त सहकारीबाट एक अर्ब ७ करोड ८२ लाख हिनामिना भएको भन्दै बचतकर्ताहरुले उजुरी दिएका थिए ।
सोही सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड बढी रुपैयाँ ऋण लिएको छ । लुम्बिनी प्रदेशका डीआईजी कुवेरसिंह कडायतका अनुसार उनीहरु दुवै जनालाई बुटवलबाट पक्राउ गरिएको हो । पक्राउ परेका दुवैको म्याद थप गरेर अनुसन्धान हुँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ फागुन २०८०, १० : १४
लेखकबाट थप