एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक एलेक्सी नाभाल्नीको जेलभित्रै मृत्यु भएको छ । उनको मृत्यु रूसको सबैभन्दा कठोर मानिने जेल आर्क्टिक सर्कलमा भएको बीबीसीले जनाएको छ ।
विभिन्न अभियोगमा १९ वर्षको जेल सजायँ सुनाइएका नाभाल्नीलाई एक वर्ष अघिमात्र स्थानान्तरण गरेर त्यहाँ ल्याइएको थियो ।
४७ वर्षीय नाभाल्नीको मृत्युको कारण खुलेको छैन । जेल प्रशासनले उनी शुक्रबार अचेत भएको र उपचार गर्दा पनि बचाउन नसकिएको जनाएको छ ।
उनको मृत्युको जानकारी पुटिनलाई दिइसकिएको छ । नाभाल्नीका वकिलले भने यसबारे सञ्चारमाध्यमलाई प्रतिक्रिया दिन नमानेको बीबीसीले जनाएको छ ।
नाभाल्नी सन् २०२० को अगस्टमा विष हमलामा परेका थिए । हवाईजहाज चढेर साइबेरियाबाट मस्को जाने क्रममा स्नायुमा असर गर्ने नोविचोक नामको विष झुक्याएर खुवाइएको थियो ।
उनी हवाईजहाज भित्र एक्कासी बिरामी परेपछि आपत्कालीन अवतरण गर्नुपरेको थियो । त्यसपछि लामो समय जर्मनीमा लगेर उपचार गराइएको थियो । जर्मनीबाट रुस फर्किएलगत्तै उनी पक्राउ परेका थिए ।४७ वर्षीय नाभाल्नीको मृत्युको कारण खुलेको छैन । जेल प्रशासनले उनी शुक्रबार अचेत भएको र उपचार गर्दा पनि बचाउन नसकिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, ०५ फागुन २०८०, ०८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सी र पुटिनबीच भिडियो वार्ता
ट्रम्पले पुटिनलाई गोप्यरुपमा कोरोना टेस्ट किट पठाएको खुलासा
अमेरिकी राष्ट्रपतिमा पुटिनको समर्थन ह्यारिस
आईसीसीको पक्राउ पुर्जीबिच पुटिनलाई मंगोलियामा भव्य स्वागत
पुटिनलाई मङ्गोलियामा गिरफ्तार गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेश
अन्तर्राष्ट्रिय फौजदारी अदालतले भन्यो– पुटिनलाई मंगोलियामा गिरफ्तार गर्नुपर्छ