काठमाडौँ । राप्रपा नेपालको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज काठमाडौँमा बस्ने भएको छ।
बैठकमा केन्द्रीय कार्य समितिले गरेका निर्णय कार्यान्वयनको अवस्था, सात क्षेत्र र तराई–मधेस क्षेत्रमा सञ्चालन गरिएको प्रशिक्षणको समीक्षा, पार्टीको साङ्गठनिक अवस्था, भावी कार्ययोजना तथा आन्दोलन र बृहत् राष्ट्रवादी मोर्चा निर्माणका बारेमा छलफल हुने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार पार्टी अध्यक्ष कमल थापाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी कार्यदिशा बारे धारणा राख्नेछन्।
यस अघि बसेको पार्टी केन्द्रीय समिति बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयताको बाटो असफल भएकोले व्यवस्था र प्रणाली परिवर्तन गर्नको लागि आन्दोलनमा जाने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ फागुन २०८०, ०७ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली नोटमा चुच्चे नक्शा राख्ने निर्णय सस्तो लोकरिझ्याई : कमल थापा
राप्रपासँग एकता गर्ने सोच छैन : कमल थापा
'भ्रष्ट व्यवस्था' अन्त्यको माग गर्दै राप्रपा नेपालको प्रदर्शन, स्थिति तनावग्रस्त (तस्वीरहरू)
राप्रपा नेपालको विरोध प्रदर्शन आज
पूर्वमन्त्री दुर्गा श्रेष्ठ राप्रपा नेपालमा प्रवेश
राप्रपा नेपालको कार्य सम्पादन समितिको बैठक बस्दै