बारा। उखुबारीमा जलेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका-१२ पिपराडी बस्ने ६५ वर्षीय शम्भु खाँ चौधरी रहेका छन्।
आफ्नै उखुबारीमा उखुको पातमा आगो लगाउने क्रममा सोही आगोले जलेर सोमबार दिउँसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जलेर गम्भीर घाइते भएका उनको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ फागुन २०८०, १४ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ
चार दिनपछि हेलिकोप्टरबाट निभाइँदै महाभारतको जंगलमा लागेको आगो
चिसोबाट बचाउन बालेको आगो खोरमा सल्किदाँ दर्जन बढी खसीबाख्रा मरे
सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
बालकुमारीमा आगो लाग्दा डान्सबारसहित ४ वटा पसल जले
धावनमार्गमै विमानमा आगो लागेपछि…