काठमाडौँ । नेकपा माओवादी केन्द्रका ५० जना नेताको घटुवा गरिएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकमा पार्टीका ५० जना नेताको घटुवा गरिएको जानकारी गराइएको हो ।
पार्टीको कोशी प्रदेशमा रूपान्तरण अभियानमा नगएका ५० जनालाई घटुवा गरिएको प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए । यस्तै उनले ७५ हजार पार्टी सदस्य नवीकरण भएको पनि बताए ।कोशी प्रदेशका इन्चार्ज चक्रपाणि खनाल बलदेवले कोशी प्रदेश नामकरणले संगठनमा तरंग ल्याएको बताए ।
आइतबार पार्टीको केन्द्रीय समिति बैठकमा कोशी प्रदेशको तर्फबाट रिपोर्टिङ गर्दै उनले कोशी नामकरणले पार्टी संगठनमा समस्या निम्तिएको ब्रिफिङ गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ माघ २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी बैठकमा कुलमानको कुरा, हटाए सरकारविरुद्ध प्रतिवादमा उत्रन प्रस्ताव
माओवादी केन्द्रीय समिति बैठक आजै सकिने
माओवादी केन्द्रीय समिति बैठक सुरु, अभियानमाथि समीक्षा हुने
माओवादी बैठकमा विधानको मस्यौदामाथि धारणा राख्दै सदस्यहरू