काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन पालिका समिति पुनर्गठन भएका छन् ।
यसरी पुनर्गठन गरिएका पालिकामा उपमहानगरपालिकादेखि गाउँपालिका समितिसम्म रहेका छन् । जसपाले छबिलाल वाईवाको अध्यक्षतामा हेटौडा उपमहानगरपालिका समिति पुनर्गठन गरेको छ । वाइवा नेतृत्वको समिति २५ सदस्यीय रहेको छ ।
त्यस्तै ईलामको माई नगर समिति रामबहादुर राइको अध्यक्षतामा पुनर्गठन भएको छ । राईको अध्यक्षतामा पुनर्गठन गरिएको समिति ३१ सदस्यीय रहेको छ ।
त्यसैगरी जसपाको धनपालथान गाउँपालिका समिति पनि पुनर्गठन भएको छ । प्रमोदकुमार शर्माको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति बिहीबार पुनर्गठन गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २६ माघ २०८०, ०९ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्ता छन् जसपा नेपालको केन्द्रीय समिति बैठकका एजेन्डा
वीरगञ्जमा जसपाको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालद्वारा केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान
जसपा नेपालका केन्द्रीय विभागहरूले पाए नेतृत्व
जसपा नेपाल केन्द्रीय प्रचार विभागको बैठक बस्दै
जसपा नेपालले आइटी सेल गठन गर्ने