काठमाडौँ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ गरिएका व्यवसायी अरुण चौधरी सहित ३ जनाको आज म्याद थप गरिँदै छ ।
जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन च्याम्पियन फुटवेयर प्रालिका सञ्चालक अरुण कुमार चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका लिमिटेडका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापा र सिजी चाँदाबाग रेसिडेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर थुनामा छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरूलाई माघ १८ मा पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौँले दिएको ४ दिनको म्याद सकिएपछि सोमबार उनलाई पुन: म्याद थप गर्न अदालतमा उपस्थित गराउन लागिएको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ माघ २०८०, १० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अरुण चौधरीलाई रिहा गर्न आदेश दिने न्यायाधीश आचार्यको काज सरुवा
व्यवसायी अरुण चौधरीसहित तीनैजना हिरासतमुक्त
बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसँग बयान सुरु, नियमविपरीत भए जग्गा फिर्ता गर्ने
अरुण पक्राउबारे विनोद चौधरीले पोखे असन्तुष्टि : हाम्रो परिवारमाथि राजनीतिक प्रतिशोध साँध्न खोजियो
अरुण चौधरी र अजितमानसिंह थापालाई ग्राण्डी अस्पताल लगियो
अरुण चौधरी र अजितनारायण सिंह थापा अस्वस्थ, चिरायु अस्पतालमा भर्ना