काठमाडौ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि राष्ट्रव्यापी दबाब अभियान सुरु गर्न लागेको छ ।
आइतबारदेखि दुई महिनासम्म सञ्चालन हुने दबाब अभियानको सभापति रवि लामिछानेले सिन्धुपाल्चोकको मेलम्ची बजारबाट उद्घाटन गर्ने कार्यक्रम छ । राष्ट्रिय गौरवका आयोजनाहरूमा सरकारले अपेक्षाअनुरुप काम गर्न नसकेको भन्दै रास्वपाले उक्त अभियान गर्न लागेकोहो ।
रुग्ण र अलपत्र पारिएका विकास आयोजनाको काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराउने उद्देश्यका साथ रास्वपाले राष्ट्रव्यापी दबाब अभियान सञ्चालन गर्न लागेको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।
उनका अनुसार २१ आयोजनामा २० सांसद र महामन्त्री मुकुल ढकालको नेतृत्वमा २१ वटा दबाब यात्रा हुँदैछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ माघ २०८०, ०८ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा संसदीय दलको बैठक आज
रास्वपाले बोलायो संसदीय दलको बैठक
रास्वपाले पार्टी स्थापनादेखिकै समिक्षा गर्ने
रास्वपा सचिवालय बैठक बस्दै
रास्वपाका मिलन लिम्बूलगायत १६ जनाको जमानत जफत
रास्वपाका उम्मेदवार लिम्बूद्वारा मतदान