काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आफूलाई जोडेर नियोजित दुष्प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आफूविरुद्ध भइरहेको ‘नियोजित षडयन्त्र’ लाई कानूनी दायरामा ल्याउने उनको चेतावनी छ । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै पारसले आफ्नो भनाइ राखेका हुन् । विभिन्न व्यक्ति र संस्थाबाट अपुष्ट एवं आधारहिन तरिकाले आफूमाथि व्यक्तिगत आरोप लगाइएको उनको गुनासो छ ।
‘नेपालको कानुनले कसैलाई पनि बिना प्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन । नेपालको कानूनले सबैलाई कानूनी उपचारको बाटो खुल्ला राखेको छ’, पारसले भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २६ बैशाख २०८१, २० : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रिकेटको विकास र विस्तारनिम्ति सबैसँग समन्वय गरेर अघि बढ्नेछु : पारस खड्का
क्रिकेटलाई जिल्ला र प्रदेशदेखि नै बलियो बनाउन प्रयासरत रहन्छुः पारस खड्का
क्यानको सचिवमा पारस खड्का निर्वाचित
क्रिकेट संघको सचिवमा उम्मेदवारी दिने पारस खड्काको घोषणा
बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी
पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा उठ्ने