फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

मंगलबार, २५ बैशाख २०८१, २० : ०२
फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक

काठमाडौं।  आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ प्रदर्शन हुने फिल्म ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंको बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली र परीक्षा लिम्बु उपस्थित थिए । त्यस्तै, फिल्मका अन्य कलाकार मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य उपस्थित थिए । कार्य व्यस्तताका कारण प्रमुख कलाकार पल शाह भने उपस्थित भएनन् ।

त्यस्तै, फिल्मका निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी, निर्माता सुवास भुसाललगायतले दर्शक र पत्रकारहरूसँगै बसेर ट्रेलर हेरेका थिए

प्रतिक्रिया दिनुहोस