माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २० माघ २०८०, १५ : ०५
माछा मार्ने क्रममा करेन्ट लागेर युवकको मृत्यु

तनहुँ । विद्युतीय तारको प्रयोग गरी माछा मार्ने क्रममा तनहुँमा एक जना युवकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नं.०६ ओखले बस्ने २८ वर्षीय सन्तोष कुमालको मृत्यु भएको हो ।

शनिबार बिहान तनहुँ शुक्लागण्डकी नगरपालिका वडा नं.६ कुम्लेखोलामा कुमाल ओखलेमा डेरा गरी बस्ने वर्ष २५ को सन्तोष डाँगीसँग माछा पार्न पुगेका थिए । माछा मार्ने क्रममा करेन्ट लागी घाइते भएका कुमाललाई तत्काल उपचारको लागि जिपी कोइराला श्वास प्रश्वास केन्द्र बेचलौतारा तनहुँ ल्याइएको थियो ।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार उपचारको क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । सो घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको खाँणको भनाई छ ।