प्रधानमन्त्रीले समेत सहयोग नगरेका राउटेहरुलाई तशी शेर्पा र दिपेशले गरे सहयोग, राउटेहरुमा खुसीको आशु

आइतबार, १९ कार्तिक २०७४, १८ : ४०
प्रधानमन्त्रीले समेत  सहयोग नगरेका राउटेहरुलाई तशी शेर्पा र  दिपेशले गरे सहयोग, राउटेहरुमा खुसीको आशु

जाडोको सिजन सुरु भएसँगै पाँच जना राउटेको एक समूह गत बिहीबार प्रधानमन्त्रीको सचिवालय पुगे । सुर्खेतबाट आएका त्यही समूहमा उपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनका  रहेका थिए ।

आफूहरुको खानेकुरा सकिएको र जाडो मौसमको सुरुवात भएसँगै आफूहरुलाई समस्या भएकोले प्रधानमन्त्री शेरबहादुर देउवासँगै अन्य पार्टीका शीर्ष नेताहरुसँग भेटेर सहयोग माग्ने र कठ्याङ्ग्रीदो जाडोबाट बच्नको लागि उनीहरु कम्मल, सिरक लगायतका सामाग्री लिन आएका थिए ।

तर राउटेको समूहलाई प्रधानमन्त्री देउवाले भेट्न मानेनन् । राउटे समूहले प्रधानमन्त्री देउवाको सचिवालयमा फोन गरेर भेट्ने समय उपलब्ध गराइदिन आग्रह गरेको तर बिहीवार देउवा धनगढी जान लागेको भन्दै टारेको भन्दै उनीहरूले दुखेसो पोखे ।

शुक्रबार बेलुका राउटेहरुलाई भेटेर  ८ एउटा घरमा २ वटा गरी ४० परिवारलाई शेर्पा र पुनले कम्बल सहयोग गरेका हुन् ।

केही समय अघि आगोले पोलेर घाइते भएका राउटेको राजाको छोरा कपिललाई पुन र शेर्पाले काठमाडौं ल्याई वीर अस्पतालमा उपचार गराएर नयाँ जीवन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस