काठमाडौँ । रोकिएको नर्सिङ्ग तर्फको विद्यार्थी भर्ना लिन संसद्को शिक्षा समितिले दिएको निर्देशनप्रति सांसद डा.तोसिमा कार्कीले फरक मत राखेकी छिन् । संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशीसमक्ष उनले पाँचबुँदे फरक मत राखेकी हुन् ।
शिक्षा समितिले बन्द भएका नर्सिङ कलेजमा विद्यार्थी भर्ना लिन सरकारलाई निर्देशन दिएको थियो । उक्त निर्देशनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद कार्कीले फरक मत दर्ता गराएकी हुन् । सीटीईभीटी र चिकित्सा शिक्षा आयोगबिच पीसीएल नर्सिङको सम्बन्धन, नियमन, मापदण्ड लगायतका विषयमा विवाद आएपछि अध्ययन गर्न सीटीईभीटीको सम्बन्धन तथा गुणस्तर सम्बन्धमा उपसमिति गठन गरिएको थियो । जसमा उनी पनि सदस्य थिइन् ।
उपसमितिबाट प्रतिवेदन तयार हुने क्रममा चिकित्सा शिक्षा ऐनको मर्म विपरीत र नर्सिङको गुणस्तरको मापदण्डलाई खलल हुने किसिमका सुझावहरू राखिएको दाबी छ । त्यही आधारमा आफूले फरक मत राखेर सहमतिको हस्ताक्षर गर्न नमानेपछि संसदीय समितिका सभापतिले छलफलबाट टुङ्गो लगाउन आह्वान दिएका थिए । तर पछि थप छलफल नै नगरी निर्णय कार्यान्वयनका लागि भनी शिक्षा मन्त्रालयलाई निर्देशन पठाइएकोमा आफ्नो असहमति रहेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १५ माघ २०८०, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा
स्यानिटरी प्याडमा दिइने भन्सार छुट स्वार्थ प्रेरित थियो कि भन्ने शंका छ : तोसिमा कार्की