अफगानिस्तानविरुद्ध नेपाललाई चौथो सफलता, आकाश चन्दले लिए ३ विकेट

यू-१९ विश्वकप क्रिकेट

सफल खबर संवाददाता

शुक्रबार, १२ माघ २०८०, १४ : ५१
अफगानिस्तानविरुद्ध नेपाललाई चौथो सफलता, आकाश चन्दले लिए ३ विकेट

काठमाडौं। आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको निर्णायक खेलमा नेपालले चौथो सफलता हात पारेको छ ।टस हारेर पहिले फिल्डिङको निम्तो पाएको नेपालले ८ ओभरमा २७ रन खर्चिएर ४ विकेट लिएको हो । नेपालका लागि आकाश चन्दले ३ र गुल्सन झाले १ विकेट लिएका छन् ।

 

प्रतियोगिताको सुपर सिक्समा पुग्न यो खेल जित्नै पर्ने बाध्यता छ । नेपाल र अफगानिस्तान दुवै प्रतियोगितामा जीतविहीन छन् । 

प्रतिक्रिया दिनुहोस