काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएकाे छ । चितवन, भरतपुर महानगरपालिका-२ लिलाचोकस्थित सडकमा ना.५ ख ७५०६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३० वर्षीया महिलाको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा, शिवसताक्षी नगरपालिका-१ धरमपुर चोकमा मे.१ ख २११७ नम्बरको ट्रक र प्र.१-०१- ०१२ प ५५६४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-८ बस्ने ५० वर्षीय नगेन्द्र अधिकारीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ, रतुवामाई नगरपालिका-७ गढिझारस्थित सडकमा प्र.१-०१-५० प ८५२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा चालक हाल, नाम, थर, वतन नखुलेका अन्दाजी २८ वर्षीय पुरूषको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मंगलबारे ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
बाँके, कोहलपुर नगरपालिका-१४ पार्बतीपुरस्थित सडकमा भे.१ ख ४०३३ नम्बरको मिनिबस र ना.५ ख ८५६६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाई बिहीबार बिहान दुर्घटना हुँदा ट्रकका सहचालक रूपन्देही देवदह नगरपालिका-६ खैरेनी बस्ने ३५ वर्षीय राम कृष्ण गोतामेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार मिनिबस चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ माघ २०८०, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर पाँच जनाको मृत्यु
सवारी दुर्घटनामा चार जनाको मृत्यु
सवारी दुर्घटनामा महिलाको मृत्यु, २६ घाइते
काठमाडौँसहित छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सवारी दुर्घटनामा तीन जनाको मृत्यु