सेक्युरिटी प्रेस प्रकरणमा मुछिएका विकल पौडेल र सुनिल पौडेल पक्राउ

सफल खबर संवाददाता

बुधबार, १० माघ २०८०, १६ : ३२
सेक्युरिटी प्रेस प्रकरणमा मुछिएका विकल पौडेल र सुनिल पौडेल पक्राउ

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनील पौडेल पक्राउ परेका छन् ।

गैर कानुनी सम्पत्ति आर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाएसँगै भागेका पौडेलद्वयलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधवार पक्राउ गरेको हो । विकल जनवरी २० मा १ः २० को टर्किस एयरको फ्लाइटबाट त्रिभुवन विमानस्थलमा उत्रिएसँगै आयोगको टोलीले निगरानी बढाएको थियो ।

यसअघि दुवै जनामाथि भ्रष्टाचार मुद्दा दायर भइसकेको अवस्थामा गैर कानुनी सम्पत्ति आर्जनको उजुरीसमेत परेसँगै बयानका लागि बोलाइएको थियो । उनीहरू लुकेर बसेसँगै अख्तियारको निगरानीमा थिए । पछिल्लो पटक विमानस्थलबाट पक्राउ गर्न खोजे पनि फुत्किएका थिए । 

प्रतिक्रिया दिनुहोस