कपिलवस्तु– कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं २ का नवनिर्वाचित सांसद वृजेशकुमार गुप्ताले राजपा परित्याग गरी स्वतन्त्र समूह घोषणाबाट निर्वाचनमा उत्रिएको आफूलगायत आफ्नो समूहले नेकपा (एमाले) भित्र रहेर मधेश र मधेशीको अधिकार स्थापनाका लागि क्रियाशील रहने बताएका छन् ।
यहाँ आजसञ्चारकर्मीसँग कुरा गर्दै नेता गुप्ताले तराई मधेशका दलित, जनजाति, आदिवासी, मुसलमानलगायत पछाछि परेका वर्ग समुदायको अधिकारका लागि एमाले नै उपयुक्त पार्टी भएका कारण आफूहरूको रोजाइ पनि एमाले नै रहेको बताए ।
“सो सम्बन्धमा एमाले नेतृत्वसँग निर्वाचनअघि नै सहमति भएको र अब त्यसको कार्यान्वयनको पक्ष बाँकी छ”, सांसद गुप्ताले भन्नुभयो, “हामी टेबलमा बसेर समस्या समाधानको प्रयास गछौँ ।”
वर्तमान संसदमा वाम गठबन्धनको स्पष्ट बहुमत रहेका कारण आफूहरूले तराई मधेश र पिछडिएको वर्ग समुदायका पक्षमा उठाएका विषयको सम्बोधन हुनेमा आफू आशावादी रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस
रासस
सोमबार, १० पुस २०७४, १८ : ३४
लेखकबाट थप