०.४० अंकले घट्याे नेप्से, ४ अर्बको कारोबार

सफल खबर संवाददाता

मंगलबार, ०९ माघ २०८०, १५ : ३९
०.४० अंकले घट्याे नेप्से, ४ अर्बको कारोबार

काठमाडौँ । सेयरबजार ०.४० अंक घटेर २०९८.२९ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.०८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ।

आज चार अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ। योसँगै ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन भने १०३ कम्पनीको बढेको र १३७ कम्पनीको घटेको छ। 

चन्द्रागिरी हिल्स र नेपाल ल्यूब आयल लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्वाधिक कारोबारमा आज पनि हिमालयन रिइन्स्योरेन्स अगाडि छ। कम्पनीको ५५ करोडको सेयर किनबेच भएको छ। 

१३ उपसमूहमध्ये यसदिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। 

प्रतिक्रिया दिनुहोस